प्रधानमन्त्री पत्नी राधिका प्रजातन्त्र दिवसमा सरिक, जनताको बलिदानीमा भद्दामजाक
.jpg)
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ का अवसरमा मूलसमारोह समितिले बुधबार नेपाली सैनिक मञ्च टुँडिखेलमा आयोजना गरेको विशेष समारोहको आयोजना गरेको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र पौडेललगायतका शीर्षस्थ सरिक भएका छन् ।
सो अवसरमा राष्ट्रिय गान प्रस्तुति, झण्डोत्तलन, ज्ञात–अज्ञात सहिदप्रति मौनधारण गरिएको थियो । सोही अवसरमा नेपाली सेनाको हेलिकोप्टरबाट राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ अङ्कित ब्यानर प्रदर्शन गरी पुष्पवृष्टि एवं रंगीचंगी बेलुनहरू उडाइएको थियो ।
समारोहमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाल स्काउटद्वारा ‘मार्चपास’ र ‘ब्याण्ड’ प्रस्तुत गरिएको थियो । समारोहमा उपत्यकाका विभिन्न नगरपालिकाका तर्फबाट सांस्कृति झाँकी तथा लाखे नाच, तेक्वान्दो खेल प्रस्तुत गरिएको थियो ।
उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, उनकी पत्नी राधिका शाक्य, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्री, मन्त्रीगण, सांसदहरू, संवैधानिक निकायका प्रमुख र पदाधिकारी, नेपाल सरकारका उच्चाधिकारी, कूटनीतिक नियोगका प्रतिनिधि, समाजका विभिन्न क्षेत्रका प्रतिनिधिको सहभागिता रहेको छ ।
विसं २००७ को जनक्रान्ति सफल भएर निरंकुशताविरूद्धको बलिदानीपूर्ण संघर्षको परिणामस्वरूप मानवअधिकार तथा राजनीतिक स्वतन्त्रता हासिल गरेको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मान स्वरूप प्रत्येक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइँदैछ ।
दिवसमा प्रधानमन्त्री ओली पत्नी राधिका शाक्य पनि सरिक भएकी छिन् । उनको उपस्थितिले जनताको बलिदानीमा मद्दामजाक भएको छ । कम्युनिष्ट शासकहरू परिवारवादभन्दा पर पुग्न सक्दैनन् भन्ने सन्देश पुनः ओलीले प्रजातन्त्र दिवसमा दिएका छन ।
तपाईको प्रतिक्रिया दिनुहोस