Techie IT
२०८२ असोज ६, सोमबार

हेड अफ एनसिबी कन्फरेन्समा सहभागी भई प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापा नेतृत्वको टोली स्वदेश फिर्ता


इन्टरपोल महासचिवालयको आयोजनामा फ्रान्सको लियोनमा माघ २९ देखि फागुन १ गते गतेसम्म संचालन भएको ‘२०औं हेड अफ एनसिबी कन्फरेन्स’मा नेपालको तर्फबाट सहभागी भई प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापा नेतृत्वको टोली बुधबार स्वदेश फर्किएका छन् ।

हेड अफ एनसिबी कन्फरेन्समा मुख्य रूपमा Scenario of Crime Against Child विषय लगायत अन्तर्राष्ट्रिय स्तरमा हुने अपराधहरूको नियन्त्रण सम्बन्धमा इन्टरपोलका सदस्य राष्ट्रहरूका एनसिबि प्रमुखहरू, इन्टरपोल महासचिव तथा पदाधिकारीहरू बिच समन्वय तथा सहकार्यको विषयहरूमा छलफल भएको थियो । 

उक्त कन्फरेन्समा नेपालको तर्फबाट एनसिबि काठमाडौंका शाखा प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले Scenario of crime Against child in Nepal विषयमा प्रस्तुतीकरण गरेका थिए ।  
प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापा नेतृत्वको टोली कन्फरेन्समा सहभागी हुन माघ २७ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । 
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट