देउवालाई भारतका उच्चस्तरिय नेताले चाहेनन् भेट्न, सत्ता लम्बिने आशमा प्रधानमन्त्री ओली

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भारत भ्रमण रद्द भएको छ ।
यसअघि उत्तरप्रदेशस्थित प्रयागराजमा आयोजित महाकुम्भमा सहभागी हुन देउवा भारत जान लागेका थिए ।
इण्डिया फाउण्डेसनले आयोजना गरेको ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेइनबेलीटी’मा उनलाई मुख्य वक्ताको रूपमा राखिएको थियो ।
कार्यक्रम शुक्रबार र शनिबार हुने अयोजकले जनाएको छ । कार्यक्रममा युपीका मुख्यमन्त्री योगी आदित्यनाथ पनि सहभागी हुनेछन् ।
उनले उक्त समिटमा सहभागी भएर नयाँ दिल्लीमा सत्ता र प्रतिपक्षी दलका उच्चस्तरिय नेताहरूसँग भेटवार्ता गर्ने कार्यतालिका तय भएको थियो ।
तथापि देउवालाई दल्लीमा कुनै पनि उच्चस्तरिय नेताले भेट गर्न नचाहेपछि उनको भ्रमण रद्द भएको स्रोत बताउँछ ।
एअर इण्डियाको जहाजबाट आज (बिहीबार) दिउँसो ३ बजे नयाँ दिल्ली जाने देउवाको तयारी थियो ।
परराष्ट्रमन्त्रीसमेत रहेकी देउवापत्नी डा.आरजु राणा देउवा बिहीबार ओमनबाट स्वदेश फर्केपछि भ्रमण स्थगित भएको थियो ।
देउवाको भ्रमण रद्द भएसँगै सत्तारूढ दल नेकपा (एमाले) सत्ता लम्बिने आशमा छ । भारतमा हुने उक्त समिटमा देउवा सहभागी भएसँगै सत्तापलट हुनसक्ने शंकामा एमाले थियो ।
तर, भ्रमण एकाएक रद्द भएपछि एमाले सत्ता लम्बिनेमा ढुक्कजस्तै देखिएको छ । किनकि प्रधानमन्त्री केपी शर्मा ओलीप्रति भारत सन्तुष्ट छैन ।
देउवा भारत भ्रमणमा गएपछि नेपालमा केही न केही खिचडी पाक्नेमा राजनीतिक वृत्तमा चर्चा थियो । तत्काललाई यो शंका टरेको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस