संसद् विघटनको बाटोमा प्रधानमन्त्री ओली : प्रवक्ता सापकोटा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओली संसद् पुनः विघटनको बाटोमा अग्रसर रहेको बताएका छन् ।
माओवादी केन्द्रनिकट प्रेस सेन्टर नेपाल उपत्यका प्रदेश समितिको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओलीले यसअघि दुई÷दुईपटक संसद् विघटन गरेको स्मरण गराउँदै पुनः विघटनकै बाटोमा अग्रसर रहेको बताएका हुन् ।
‘म आफैँ सभामुख भएको बेला अहिलेका प्रधानमन्त्री ओलीजीले संवैधानिक व्यवस्थाविपरीत संसद् विघटन गरेका थिए । अहिले पनि फेरि झम्टीझम्टी संसद् विघटनको बाटोमा अग्रसर भइरहेका छन्,’ सापकोटाले भने ।
त्यस्तै सापकोटाले झन्डै दुइतिहाईको बलियो सरकार भएर पनि जनपक्षीय कार्यसम्पादन गर्न नसकेको जिकिर गरे । सरकार दिनानुदिन असफल सावित भएको टिप्पणी गर्दै संसद् बिजनेसविहीन भएको बताए ।
गत असार १७ गते मध्यराति सत्ता गठबन्धनका लागि कांग्रेस–एमालेले ७ बुँदे सहमति गरेसँगै एमाले–माओवादीको संयुक्त गठबन्धन भत्किएको थियो । त्यसयता एमाले–माओवादी खरोरूपमा आरोप–प्रत्यारोपमा उत्रिएका छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस