Techie IT
२०८२ भाद्र १, आइतबार

एलन मस्कको कडा चेतावनी : अमेरिकी संघीय कर्मचारीलाई कामको औचित्य प्रमाणित गर्न अल्टिमेटम


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अर्बपति सल्लाहकार एलन मस्कले सबै संघीय कर्मचारीलाई आफ्नो कामको औचित्य प्रमाणित गर्न चेतावनी दिएका छन् । मस्कले अनावश्यक सरकारी कर्मचारी हटाउन नेतृत्व लिँदै सबै कर्मचारीलाई विगत हप्ता गरेका पाँच मुख्य काम पेश गर्न आदेश दिएका हुन् ।

एएफपीले प्राप्त गरेको इमेल प्रतिलिपिअनुसार, अमेरिकी संघीय निकायका कर्मचारीलाई “तपाईंले गत हप्ता के गर्नुभयो?” शीर्षकको इमेल प्राप्त भएको छ । जवाफ दिने समयसीमा सोमबार राति ११:५९ सम्म तोकिएको भए पनि जवाफ नदिए जागिरबाट हटाइने स्पष्ट उल्लेख गरिएको छैन ।

मस्कले इमेलमा भनेका छन्, “सबै संघीय कर्मचारीले चाँडै इमेल पाउनेछन्। जवाफ नदिए त्यसलाई राजीनामा सरह मानिनेछ ।”

सबैभन्दा ठूलो संघीय कर्मचारी युनियन ‘अमेरिकन फेडेरेसन अफ गभर्नमेन्ट एम्प्लोइज (एएफजीई)’ का अध्यक्ष एभरेट केलीले मस्क र ट्रम्प प्रशासनको आलोचना गर्दै भने, “यो कदम संघीय कर्मचारी र उनीहरूले प्रदान गर्ने सेवाप्रतिको गम्भीर अपमान हो ।”

अमेरिकी अफिस अफ पर्सनल म्यानेजमेन्ट (ओपीएम) ले एएफपीको प्रश्नमा तत्काल प्रतिक्रिया दिएको छैन। इमेल प्राप्त गरेका धेरै संघीय कर्मचारीलाई आफ्ना एजेन्सीहरूले “जवाफ नदिन र थप निर्देशनको प्रतीक्षा गर्न” सुझाएका छन् ।

भेट्रान्स अफेयर्स विभागका एक चिकित्सकले एएफपीसँग भने, “मैले अझै धेरै काम गर्न बाँकी छ। म यो नाटकमा सहभागी भएर बिरामीको हेरचाह बेवास्ता गर्न सक्दिन ।”

संघीय कर्मचारी युनियनले कुनै गैरकानुनी बर्खास्ती भए कानूनी चुनौती दिने बताएको छ। अमेरिकामा संघीय सेवा सुरक्षासम्बन्धी बहस थप चर्किने देखिएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट