Techie IT
२०८३ जेष्ठ ५, मंगलबार

पूर्वराजा शाह र प्रचण्ड काठमाडौं उपत्यका बाहिर


काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ काठमाडौं उपत्यका बाहिर छन् । 

पूर्वराजा शाह पूजाआजाका लागि स्याङ्जा पुगेका छन् भने पूर्वप्रधानमन्त्री प्रचण्ड मोरङमा छन् । शाह बहिनी र छोरीका साथ हिजो (सोमबार) स्याङ्जा पुगेका हुन् । 

जिल्लाको कालीगण्डकी गाउँपालिका–३ मा रहेको शाहवंशीय कुलमन्दिर आलमदेवीको पूजाका लागि स्याङ्जा पुगेको उनको सचिवालयले जनाएको छ । आज (मंगलबार) बिहान कुलदेवता आलमदेवी मन्दिरमा रुद्री पूजा अर्चनापछि उनी काठमाडौं फर्किँने छन् । 

राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा शाहले पोखराबाट दिएको भिडिओ सन्देश चर्चामा छ । उक्त सन्देशलाई लिएर अहिले नेपाली समाज दुई कित्तामा विभाजित भएको छ ।

पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड ‘जनतासँग माओवादी तराई–मधेस जागरण अभियान’को क्रममा मोरङ पुगेका छन् । मोरङको कानेपोखरीमा हुलाकी मार्ग केन्द्रित तराई–मधेस जागरण अभियानको दोस्रो दिनको पहिलो सभा रमाइलो बजारमा जारी छ । उनी सोही कार्यक्रममा सहभागी छन् । 

यता प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली काठमाडौंका विभिन्न कार्यक्रममा सहभागी छन् भने प्रमुख सत्तारूढ दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा पार्टीका केही कार्यक्रममा व्यस्त रहने उनको सचिवालयले जनाएको छ । 



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट