उच्चस्तरीय राजनीतिक कार्यदलको बैठक बस्दै

काठमाडौं । सत्तारूढ दल कांग्रेस–एमालेको उच्चस्तरीय राजनीतिक कार्यदलको बैठक बोलाइएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज (मंगलबार) साँझ कार्यदलको बैठक बोलाइएको हो ।
बैठकमा संसद्मा पेश गरिएका अध्यादेश पारित गर्ने विषयमा छलफल हुने छ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासहित संयन्त्रमा रहेका नेताहरू सहभागी हुने बताइएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस