Techie IT
२०८२ असोज ४, शनिबार

काठमाडौं उपत्यकाका यी स्थानमा ३ दिन विद्युत् आपूर्ति अवरुद्ध (सूचनासहित)


काठमाडौं । आजदेखि फागुन १७ गतेसम्म काठमाडौं उत्यकाका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यका पश्चिम वितरण प्रणाली सदृढीकरण आयोजना खरिपाटी, भक्तपुरका अनुसार आज (बिहीबार)देखि विभिन्न ठाउँमा विद्युत् आपूर्ति अवरुद्ध हुने जानकारी दिएको छ ।

प्राधिकरणका अनुसार बानेश्वर र कीर्तिपुर वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने कार्यका लागि विद्युत् आपूर्ति अवरुद्ध हुन लागेको हो ।

विद्युत् बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म अर्थात् दैनिक ५ घण्टा विद्युत् आपूर्ति बन्द हुनेछ । 

१५ र १६ गते गौशाला चोकदेखि पुरानो बानेश्वरसम्म र १७ गते भत्केको पुल (चाबहिल) वरिपरिका क्षेत्रमा विद्युत् कटौती हुने प्राधिकरणले जनाएको छ । 

हेर्नुहोस् सूचना :



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट