Techie IT
२०८२ असोज ४, शनिबार

उच्चस्तरीय राजनीतिक कार्यदलको बैठक आह्वान


काठमाडौं । सत्तारूढ कांग्रेस–एमाले लगायतका दलहरूको संलग्नतामा गठित उच्चस्तरीय राजनीतिक कार्यदलको बैठक आह्वान गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (शुक्रबार)का लागि बैठक आह्वान गरेको उनको सचिवालयले जनाएको छ । 

प्रधानमन्त्रीले शुक्रबार साँझ ५ बजे बस्नेगरी बैठक बोलाएका हुन् । कांग्रेस एमालेले सरकार सञ्चालनमा सहयोग गर्न भन्दै प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा १० सदस्यीय संयन्त्र गठन गरिएको छ । 

कांग्रेसबाट पूर्णबहादुर खड्का, गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्र मन्त्री आरजु राणा देउवा उच्चस्तरीय संयन्त्रमा छन् । एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल छन् । 

यसअघि सरकारले ल्याएका अध्यादेश संसद्मा दर्ता गरिए पनि पारित हुन बाँकी छ । प्रतिनिधिसभाबाट अध्यादेश पारितका लागि सत्तारूढ दलहरूको बहुमत पुगे पनि राष्ट्रिय सभामा बहुमत पुगेको छैन ।

त्यसैले अध्यादेश विचाराधीण अवस्थामा छन् । सोही विषयमा छलफल गर्न उच्चस्तरीय राजनीतिक कार्यदलको बैठक सिंहदरबारमा आह्वान गरिएको हो । 
गत मंगलबार पनि उच्चस्तरीय राजनीतिक कार्यदलको बैठक बसेको थियो । 
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट