देउवा–कोइराला समूहबीच झडप : को पक्षका हुन् निर्घात कुटिने नेविसंघ सभापति ?
.png)
काठमाडौं । कांग्रेसनिकट नेपाल विद्यार्थी संगठन (नेविसंघ)को दुई समूहबीच झडप भएको छ । आज (बिहीबार) दिउँसो कांग्रेस संस्थाप र संस्थापन इतरपक्षका विद्यार्थी कार्यकर्ताबीच झडप भएको हो ।
झडपमा नेविसंघ जिल्ला सभापति मोरङका सभापति सरोज पोखरेल निर्घात कुटिएका छन् । पार्टी संस्थापन अर्थात् सभापति शेरबहादुर देउवा पक्षका विद्यार्थी कार्यकर्ताले उनलाई कुटपिट गरेका हुन् ।
महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)का अध्यक्ष जसवन्त पौडेलको नेतृत्वमा पोखरेलमाथि कुटपिट भएको हो । आज दिउँसो उक्त क्याम्पस परिसरमै पोखरेल कुटिएका हुन् ।
पोखरेल आसन्न स्ववियु निर्वाचनको तयारीको लागि संगठन विस्तार गर्न क्याम्पस पुगेका थिए । देउवा र कोइराला समूहका विद्यार्थी कार्यकर्ताबीच वादविवाद भएको थियो ।
उक्त विवादलाई लिएर पोखरेलमाथि कुटपिट भएको स्रोतले बतायो । उनी अहिले उपचारको क्रममा अस्पताल भर्ना भएका छन् ।
सभापति सरोज पोखरेल कांग्रेस संस्थापन इतर नेता डा.शेखर कोइराला पक्षका हुन् ।
तपाईको प्रतिक्रिया दिनुहोस