Techie IT
२०८२ असोज ३, शुक्रबार

भूमिसम्बन्धी अध्यादेश

स्वार्थ बाझिने अध्यादेश सत्तासीन दलकै रोक


काठमाडौं । कांग्रेस–एमाले नेतृत्वको गठबन्धन सरकारले ल्याएको भूमिसम्बन्धी अध्यादेश फिर्ता हुने भएको छ । 

अत्यन्तै विवादित बनेको उक्त विधेयकमा सत्तासीन दल जनमत पार्टी, जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले समर्थन नगरेपछि फिर्ता हुने भएको हो । 

यसअघि ल्याईएका ६ वटा अध्यादेशमध्ये भूमिसम्बन्धी अध्यादेश विवादमा परेको थियो । प्रमुख सत्तासीन कांग्रेसका केही नेताले नै उक्त अध्यादेश सत्ताका सीमित मान्छेको स्वार्थ बाझिएको भन्दै संसद्बाट पारित हुन नसक्ने बताउँदै आएका छन् । 

५ वटा अध्यादेशमा विवाद उत्पन्न नभए पनि भूमिसम्बन्धी अध्यादेशमा भने सत्तासीन दल दलहरू नै असन्तुष्ट छन् । प्रतिपक्षीले अध्यादेशलाई पारित गर्न नदिने भन्दै संसद्मा चर्को दबाब बढाएका छन् । 

पाँचवटा अध्यादेश भने अघि बढाउने निर्णय उपेन्द्र यादवसहितको बैठकबाट भएको छ । अध्यादेश माघ १८ गते सदनमा पेस भएको थियो । प्रतिनिधिसभाको बैठक भोलि बस्दै छ । 

उक्त बैठकबाट अन्य पाँचवटा अध्यादेश पारित गर्ने सहमति भएपनि भूमिसम्बन्धी अध्यादेश पारित हुने छैन । किनकि उक्त अध्यादेश फिर्ता लिने सत्तासीन दलहरूले सहमति गरेका छन् ।  
 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट