संसद् बैठकमा अनिवार्य उपस्थित हुन सांसदहरूलाई कांग्रेसको ह्वीप

काठमाडौं । नेपाली कांग्रेसले बुधबार बस्ने संसद् बैठकमा आफ्ना सांसदहरूलाई अनिवार्य उपस्थित हुन ह्वीप जारी गरेको छ ।
बुधबार बस्ने बैठकमा सरकारले ल्याएका अध्यादेशहरू स्वीकृतिका लागि प्रस्तुत हुने भएकाले कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले आफ्ना सांसदहरुलाई अनिवार्य उपस्थितिका लागि ह्वीप जारी गरेका हुन् ।
सरकारले जारी गरेका ६ अध्यादेश मध्ये भूमिसम्बन्धि अध्यादेश बाहेक अन्य पाँच अध्यादेश अगाडि बढाउन सत्तारुढ दलबीच सहमति भएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस