प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक आह्वान

काठमाडौं । मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको हो ।
बैठकमा सरकारका नियमित कामकारबाहीबारे छलफल र निर्णय हुनेछ ।
आज (बुधबार)को बैठकमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे निर्णय हुनसक्ने सम्भावना रहेको एक मन्त्रीले बताए ।
बैठक बेलुकी ६ः३० बजे बस्ने छ ।
तपाईको प्रतिक्रिया दिनुहोस