Techie IT
२०८२ कार्तिक २८, शुक्रबार

शून्य समयमा सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण


काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सडक, पुल, तटबन्ध, विमानस्थल निर्माण तथा विस्तारदेखि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कार्यसम्पादनमा पाएको अङ्कका विषयमा सदनमा आवाज उठाएका छन् । 
    
सभाको बैठकको शून्य समयमा सांसद बिना लामाले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले प्राप्त गरेको अङ्कप्रति असन्तुष्टि व्यक्त गर्नुभयो । “घिसिङले बुझाएको कार्यसम्पादन प्रतिवेदन नबुझी आफैँले अङ्क प्रदान गरेकालाई कारबाही गर्नुपर्छ”, उनले भने, “यसमा संलग्न कोको छन्, यसको जवाफ चाहियो ।” 
        
सांसद शिशिर खनालले सदन सरकारको छायाँ बन्न नहुने धारणा राखे । उनले भने, “संसद् सत्ताको छायाँ बन्न हुँदैन ।” सांसद श्यामकुमार घिमिरेले बजेट निर्माण गर्न सुरु भइसकेकाले पुराना योजनालाई समेत सम्पन्न गर्नेगरी बजेट विनियोजन गर्न सुझाव दिए । सांसद शान्ति विकले काठमाडौँ जोड्ने मझिङटार शक्तिखोर सुरुङमार्गलाई राष्ट्रिय गौरवको योजनामा राख्न माग गरे ।

    
    



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट