Techie IT
२०८२ असोज २, बिहीबार

पर्यटन प्रवर्द्धन निरन्तर गरिरहनुपर्ने काम होः मुख्यमन्त्री कार्की


कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पर्यटन क्षेत्रको विकास एक दिने अभियान नभई निरन्तर गरिरहनुपर्ने काम भएकाले योजनाबद्ध रूपमा अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

आज इटहरीमा पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा आयोजित कोशी पर्यटन वर्ष २०८२ को नीतिगत अन्तरक्रिया कार्यक्रममा उनले पर्यटन पवर्द्धन र विकास दीर्घकालीन सोचका साथ गर्नुपर्ने उल्लेख गरे ।

मुख्यमन्त्री कार्कीले भने, “पर्यटनको विकास र प्रवर्द्धन बिहे गरेजस्तो एकदिने कार्य होइन, यो वर्षौं लगाएर गर्ने काम हो, त्यसैले दीर्घकालीन सोचका साथ अगाडि बढ्नुपर्छ ।” उनले पर्यटन क्षेत्रको मजबुत विकासबाट राष्ट्रिय पुँजी निर्माण गर्न सकिने बताए ।

पर्यटन पवर्द्धनका लागि सरकार, निजी क्षेत्र र कर्मचारी संयन्त्रबीच एकरूपता आवश्यक रहेकामा उनले जोड दिए । सोचाइ फरक भएमा कार्यान्वयनमा समस्या आउने उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेशले पर्यटनको क्षेत्रमा केन्द्र र स्थानीय तहलाई प्रेरित गर्नेगरी उदाहरणीय काम गर्नुपर्नेमा जोड दिए ।

मुख्यमन्त्री कार्कीले पर्यटन पवर्द्धनका लागि संरचनागत, नीतिगत र कानुनी सुधार अनिवार्य रहेको उल्लेख गर्दै व्यवस्थापकीय कामलाई चुस्तदुरुस्त बनाउनुपर्ने धारणा राख्नुभयो । उहाँले युवालाई पर्यटन प्रचारप्रसारमा संलग्न गराउँदै पर्यटन क्षेत्रबाट मुलुकको उज्ज्वल भविष्य सम्भव छ भन्ने सन्देश दिनुपर्ने बताए । 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट