राष्ट्रिय सरकार बन्ने हल्ला हो : प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सरकार बन्ने हल्ला मात्रै भएको बताएका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा (एमाले)सँग मिलेर राष्ट्रिय सरकार बनाउने कुरा हल्ला भएको बताएका हुन् ।
प्रचण्ड भने, ‘हामीले सरकारमा जाने कुनै नीति लिएका छैनौँ, लिँदैनौँ पनि । सरकारमा जानेबारे औपचारिक कुरा पनि भएको छैन । राष्ट्रिय सरकार बनाउने हल्ला मात्रै हो । यसमा सत्यता छैन ।’
तथापि सरकारमा रहेका दलसँग सत्य निरुपण तथा मेलमिलाप आयोगबारे छलफल भइरहेको उनले बताए ।
तपाईको प्रतिक्रिया दिनुहोस