Techie IT
२०८२ असोज २, बिहीबार

कांग्रेस–एमाले र माओवादीको राष्ट्रिय सहमतिको सरकार बेमौसमी बाजा : एमाले


काठमाडौं । सत्तासाझेदार दल नेकपा (एमाले)ले माओवादी केन्द्रसहितको राष्ट्रिय सरकार बन्ने चर्चा बेमौसमी बाजाको संज्ञा दिएको छ । 

आज (सोमबार) सचिवालय बैठकको समापन पश्चात् सञ्चारकर्मीसँगको संवादमा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले यस्तो संज्ञा दिएका हुन् । 

संकटलाई सरकारमा जाने भर्याङ बनाउन नहुने उनको तर्क थियो । राष्ट्रिय सहमतिको सरकार गठनका लागि एमालेले कस्तो रणनीति अपनाएको छ भन्ने प्रश्नमा ज्ञवालीले प्रतिप्रश्न गर्दै भने, ‘यो एकदमै बेमौसमी विषय हो । यस विषयमा हामीले प्रवेश गरेनौँ । यस्तोबेला सरकारमा जान हतारो होकि गणतन्त्रको पक्षमा उभिन खोजेको हो ?’

हिजो (आइतबार) प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले नयाँ सरकार गठनका लागि गणतन्त्रवादी दलहरूबीच संवाद भइरहेको बताएका थिए । 

तर, काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सहमतिको सरकार बन्ने चर्चा हल्लामात्रै भएको बताए । 
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट