काठमाडौं उपत्यकाका ११ क्याम्पसमा मतदान

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को नयाँ नेतृत्व चयनका लागि काठमाडौं उपत्यकाका क्याम्पसहरूमा मतदान जारी छ ।
त्रिभुवन विश्वविद्यायको आंगिक क्याम्पस अन्तर्गत काठमाडौं उपत्यका ११ वटा क्याम्पसमा मतदान भइरहेको छ ।
बिहान ८ बजेदेखि मतदान भइरहेका क्याम्पसमा शान्तिपूर्ण मतदान भइरहेको छ ।
महाराजगञ्ज चिकित्सा क्याम्पस, सानोठिमी क्याम्पसमा भने बिहान १०ः३० बजेबाट मतदान सुरु भएको हो ।
स्ववियु निर्वाचन समितिले प्राविधिक कठिनाइका कारण ढिला मतदान सुरु भएको बताएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस