Techie IT
२०८२ जेष्ठ २९, बिहीबार

प्रधानमन्त्री ओलीले संसद् बैठकमै ढाँटे !


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् बैठकमै ‘ढाँटे’का छन् । जारी संसद् बैठकमा ‘प्रधानमन्त्रीसँगको प्रश्नोत्तर’ कार्यक्रममा ‘ढाँटे’का हुन् । 

सांसदहरूले सोधेको प्रश्नको उत्तर दिनेक्रममा उनले विपक्षी दलका नेता नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सम्पर्क गर्न खोजेको बताएका छन् । 

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारी नियुक्ति प्रक्रिया यथाशक्य छिटो टुंग्याउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । यसका लागि विपक्षी दलको नेतासँग सम्पर्क गर्न खोजेको बताए । 

उनले भने, ‘मैले पटकपटक प्रयास गर्दा उहाँ स्वास्थ्यमा केही सम्पर्क गर्न नसक्नुभएको जवाफ पाएको छु ।’

उनको यो अभिव्यक्तिलाई लिएर रैबार प्रेसले अध्यक्ष ‘प्रचण्डको स्वास्थ्यमा कुनै समस्या देखिएको हो ?’ भनेर माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई प्रश्न गरेको थियो । 

जवाफमा पाण्डेले भने, ‘दुई दिनअघि उहाँ (प्रचण्ड)को स्वास्थ्यमा सामान्य समस्या देखिएको हो । आज अभियानको कार्यक्रममा उहाँ पर्सामा हुनुहुन्छ ।’

माओवादी केन्द्र अहिले जनतासँग माओवादी अभियानअन्तर्गत तराई–मधेस जागरण अभियानको क्रममा पर्सा पुगेको छ । अभियानसँगै माओवादी अध्यक्ष र अधिकांश नेता पर्सा झरेका छन् । 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट