Techie IT
२०८२ असार ५, बिहीबार

सिरहाका स्थानीय तहविरुद्ध दुई सय ७० भ्रष्टाचारका उजुरी

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबासले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा सिरहाका स्थानीय तहविरुद्ध २७० उजुरी दर्ता भएको जानकारी दिएको छ।


अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबासले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा सिरहाका स्थानीय तहविरुद्ध २७० उजुरी दर्ता भएको जानकारी दिएको छ।

बिहीबार सुखीपुर नगरपालिकाको सभाहलमा आयोजित ‘भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन’ विषयक स्थानीय तह स्तरीय अन्तरक्रियामा आयोगका सहायक प्रवक्ता र सूचना अधिकारी देवीप्रसाद थपलियाले उक्त तथ्यांक प्रस्तुत गरेका हुन्।

थपलियाका अनुसार, दर्ता भएका उजुरीमध्ये २६ वटा मुद्दा फछर्यौट भइसकेका छन्, जबकि बाँकी २४४ मुद्दा प्रक्रियामा छन्। जिल्लाका १७ स्थानीय तहमध्ये सबैभन्दा बढी उजुरी औरही गाउँपालिकामा ४६ वटा दर्ता भएका छन्, जसमा चार वटा मुद्दा फछर्यौट भइसकेका छन् र ४२ वटा प्रक्रियामा छन्।

लहान नगरपालिकाविरुद्ध १६ उजुरीमध्ये एक फछर्यौट भएको, सिरहा नगरपालिकाविरुद्धका २७ उजुरीमध्ये पाँच वटा, गोलबजार नगरपालिकाविरुद्धका २३ उजुरीमध्ये एक, मिर्चैया नगरपालिकाविरुद्धका १३ उजुरीमध्ये एक र भगवानपुर गाउँपालिकाविरुद्धका १२ उजुरीमध्ये एक मुद्दा फछर्यौट भएको छ।

यसका साथै, विष्णपुर गाउँपालिकाविरुद्ध १८ उजुरीमध्ये दुई, नरहा गाउँपालिकाविरुद्ध सात उजुरीमध्ये एक, र सखुवानन्कारकट्टी गाउँपालिकाविरुद्ध पाँच उजुरीमध्ये एक मुद्दा फछर्यौट भएको छ।

धनगढीमाई नगरपालिकाविरुद्ध १२, सुखीपुर नगरपालिकाविरुद्ध १५, बरियारपट्टी गाउँपालिकाविरुद्ध पाँच, लक्ष्मीपुर पतारी गाउँपालिकाविरुद्ध तीन, अर्नमा गाउँपालिकाविरुद्ध ११, र नवराजपुर गाउँपालिकाविरुद्ध पाँच उजुरी दर्ता भएको थियो।

कार्यक्रममा सुखीपुर नगरपालिकाका नगरप्रमुख रामअवतार यादवले दुश्मनीका कारण उजुरी दर्ता गरिँदै आएको दाबी गरे। अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासले मधेस प्रदेशका सिरहा, धनुषा, महोत्तरी र सर्लाही, कोशी प्रदेशका ओखलढुङगा, खोटाङ र सोलुखुम्बू, र बागमती प्रदेशका सिन्धुली र रामेछाप गरी नौ जिल्लामा कार्यरत छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट