Techie IT
२०८२ असोज १, बुधबार

प्रधानमन्त्री र मन्त्रीहरूले राष्ट्रिय सभामा विधेयक पेस गर्दै (कार्यसूचीसहित)


काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दैछ ।

काठमाडौंको नयाँबानेश्वरस्थित संघीय संसद्को भवनमा उक्त सभाको बैठक बस्न लागेको संघीय संसद् सचिवालयले जनाएको छ । 

आज (शुक्रबार) बस्ने बैठकमा खानेपानीमन्त्री प्रदीप यादवले मन्त्रालयसँग सम्बन्धित सांसदहरूले सोधेका मौखिक प्रश्नको उत्तर दिने सम्भावित कार्यसूची रहेको छ । 

त्यस्तै मदनकुमारी शाह (गरिमा)ले ‘मर्यादित महिनावारीका लागि महिनावारी विभेदको अन्त्य सम्बन्धी’ संकल्प प्रस्ताव प्रस्तुत गर्नेछन् । 

त्यसैगरी राष्ट्रिय सभाका सचिव डा.सुरेन्द्र अर्यालले ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि, केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८१ सम्बन्धी निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१, आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देशहरू सभा समक्ष टेबुल गर्नेछन् । 

त्यसलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने आजको बैठकको सम्भावित कार्यसूची भएको संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेले बताए । 

बैठक बिहान ११ः१५ बजे बस्नेछ । 

हेर्नुहोस् सम्भावित कार्यसूची :



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट