कांग्रेस–एमाले सरकारको आयु लामो छैन : प्रचण्ड

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस एमाले नेतृत्वको गठबन्धन सरकारको आयु लामो नभएको बताएका छन् ।
जनतासँग माओवादी– ‘तराई–मधेस जागरण अभियान’अन्तर्गत वीरगञ्ज पुगेका उनले वर्तमान केपी शर्मा ओली नेतृत्वको कांग्रेस–एमाले लगायतका दलहरूको गठबन्धन सरकारको आयु लामो नभएको बताएका हुन् ।
प्रचण्डले ओली नेतृत्वको सरकारले डेलिभरी दिन नसकेको भन्दै प्रमख सत्तारूढ दल कांग्रेसका नेताद्वय डा.शेखर कोइराला र एनपी साउदले नै विरोध गरेको बताए ।
ओलीले सरकारको नेतृत्व सम्हालेयता भारतसँगको सम्बन्धमा सुधार नआएको बताए । परराष्ट्रमन्त्री डा.आरजु राणाले भारतसँग सम्बन्ध सुधारका लागि जति नै कासिस गरेपनि भारतले कुने चासो नदिएको बताए ।
भारतसँग प्रधानमन्त्रीको चिसिएको सम्बन्धमा सुधार नआएपछि कांग्रेस दोधारमा परेको उनको भनाइ थियो । यस्तो अवस्थामा सरकारको आयु लामो हुन नसक्ने प्रचण्डले संकेत गरे ।
तपाईको प्रतिक्रिया दिनुहोस