राजतन्त्र पुनर्स्थापनाका लागि निर्णायक आन्दोलनको छलफलमा राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को बैठक बसेको छ ।
पार्टी केन्द्रीय कार्यालय धुम्वाराहीमा बैठक बसिरहेको राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले जानकारी दिए ।
आज (सोमबार) जारी बैठकमा राजावादी आन्दोलनको गतिविधि र विकसित राजनीतिक घटनाक्रम लगायतको विषयमा छलफल हुने एजेन्डा छ ।
राप्रपाले आजको बैठकमा काठमाडौंमा हुने आन्दोलनको समेत तयारीबारे छलफल गर्दैछ ।
राप्रपा राजतन्त्र फर्काउने निर्णायक आन्दोलनको तयारीमा छ भने उसले वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रको खारेजको माग गर्दै आएको द्ध ।
तपाईको प्रतिक्रिया दिनुहोस