Techie IT
२०८२ जेष्ठ १८, आइतबार

राजसंस्था र हिन्दुराज्य पुनर्स्थापनाका लागि राजावादीहरूले कहिले र कहाँ गर्दैछन् आन्दोलन ?


काठमाडौं । राजावादीहरूले राजतन्त्र र हिन्दुराज्य पुनस्र्थापनाका लागि काठमाडौंमा जनआन्दोलन गर्ने भएका छन् । 

संयुक्त जनआन्दोलन समितिले सम्पूर्ण राजसंस्थावादी पार्टी, समूह तथा व्यक्तिहरूलाई काठमाडौंमा हुने जनआन्दोलनमा सहभागी हुन अपील गरेको छ । 

नेपाल विशिष्ट राजनीतिक संक्रमणको घडीबाट गुज्रिरहेको भन्दै उक्त समितिले देशभक्त र राजसंस्थावादीहरू एकतावद्ध भएर अघि बढ्न अपीलमार्फत जानकारी गराएको छ ।अन्यथा यो देश र भावी पुस्ताको भविष्य संकटमा पर्ने समितिको ठहर छ ।  

यसका लागि विभिन्न पार्टी तथा समूहहरूबाट भइरहेका राजसंस्थावादी आन्दोलनहरूलाई निर्णायक तहना पुर्याउन आग्रह गरिएको छ । 

राजसंस्था पुनस्र्थापनाका लागि राजावादीहरूले काठमाडौं केन्द्रित जनप्रदर्शन गर्ने बताएका छन् । प्रदर्शन आउँदो शुक्रबार अर्थात् चैत्र १५ गते काठमाडौंमा हुनेछ । 


 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट