Techie IT
२०८२ कार्तिक २५, मंगलबार

कुलमानलाई बदनियतपूर्वक गरिएको बर्खास्तप्रति रास्वपाको ध्यानाकर्षण


काठमाडौं । प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कुलमान घिसिङलाई बदनियतपूर्वक गरिएको बर्खास्तप्रति ध्यानाकर्षण भएको बताएको छ । 

आज (मंगलबार) एक विज्ञप्ति जारी गर्दै दैनिक १८ घण्टासम्म लोडसेडिङको मार खेपिरहेका नेपाली जनतालाई अँध्यारोको सकसबाट मुक्त गर्न मुख्य भूमिका निभाएका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमानलाई सरकारले बदनियतपूर्वक बर्खास्त गरेकोमा ध्यानाकर्षण भएको बताएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘विद्युत प्राधिकरणलाई वित्तीय सुदृढीकरणको बाटोमा लैजान प्रयासरत राष्ट्रसेवकलाई बक्यौता रकम उठाउन नदिने हेतु सरकारका तर्फबाट भए गरेका दुष्प्रयास र बिचौलियाहरुको संरक्षणको श्रृंखला अन्तर्गत नै घिसिङमाथि कारवाही गरिएको रास्वपाको निष्कर्ष छ । संविधानले नचिन्ने दुई दलीय संयन्त्रसमेतको सम्मतिमा गरिएका यस्ता जनविरोधी कदमहरुबाट देशमा केही गरौं भन्ने आम युवा र सचेत नागरिक पूर्णतः निरुत्साहित भएको राष्ट्रिय स्वतन्त्र पार्टीको ठहर छ ।’

यसका साथै उसले विभिन्न आरोप लगाउँदै सरकारको विरोधमा गरिने शान्तिपूर्ण कार्यक्रममा  रास्वपाको नेतृत्व र सहभागिता एवं ऐक्यबद्धता हुने बताएको छ । 

हेर्नुहोस् विज्ञप्ति :

                           
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट