Techie IT
२०८२ जेष्ठ १२, सोमबार

भूमिसम्बन्धी अध्यादेश फिर्ता लिएर विधेयक ल्याउने सत्तारूढ दलको सहमति, सिके–उपेन्द्र पनि सहमत


काठमाडौं । अत्यन्तै विवादास्पद भूमिसम्बन्धी अध्यादेश फिर्ता लिने सहमति भएको छ । आज (बुधबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारूढ दलहरूको बैठकले उक्त सहमति गरेको हो । 

संसद्को हिउँदे अधिवेशन सुरु हुनुअगावै विभिन्न ६ वटा अध्यादेशमध्ये भूमिसम्बन्धी अध्यादेश पनि ल्याएको थियो । तर, संसद्मा सत्ता–प्रतिपक्षी दलका सांसदहरूको चर्को विरोध भएपछि होल्डमा राखिएको थियो । 

यसअघि सरकारले ल्याएका ६ वटा अध्यादेशमध्ये ५ वटा अध्यादेश दुवै सभाबाट स्वीकृत भएर अगाडि बढेको छ । ५ वटा अध्यादेश प्रतिस्थापन विधेयक संसद्मा विचाराधीन छ । तर, भूमि अध्यादेश भने दुवै सभाबाट स्वीकृत हुन सकेको छैन । आजको बैठकमा भूमि अध्यादेश फिर्ता लिएर अगाडि बढ्ने विषयका सत्तारुढ दलहरूका बीचमा सहमती भएको हो । 

वालुवाटारमा भएको सत्तापक्षको बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सीके राउत, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरी, लोकतान्त्रिक समावादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुर, जसपा अध्यक्ष अशोक राई लगायतका नेताहरू सहभागी छन् । 

भूमिसम्बन्धी अध्यादेशबारे यसअघि सिके र उपेन्द्रले असहमति जनाएका थिए । तर, यो अध्यादेश फिर्ता लिएर विधेयक ल्याउने विषयमा सहमति जुटेको छ । 
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट