Techie IT
२०८३ श्रावण ११, सोमबार

प्रहरीले बोलायो सिके राउत र उनकी श्रीमती


जनमत पार्टीका अध्यक्ष डा. सिके राउत र उनकी श्रीमती सोनी सिन्धुले एक अर्काबाट खतरामा रहेको भन्दै सुरक्षाको माग गर्दै छुट्टाछुट्टै प्रहरीमा निवेदन दिएका छन्। सोनी सिन्धुले आज ललितपुरको सातदोबाटो स्थित प्रहरी वृत्तमा निवेदन दिँदै श्रीमानबाट खतरामा रहेको उल्लेख गर्दै सुरक्षा माग गरेकी छिन्।

यसअघि, डा. सिके राउतले पनि इमाडोल प्रहरी प्रभागमा श्रीमतीबाट खतरामा रहेको दाबी गर्दै सुरक्षा माग गरेका थिए। ललितपुर प्रहरी परिसरका एसपी नरेशराज सुवेदीका अनुसार, दुवैजनाको निवेदनको आधारमा भोलि छलफलका लागि दुवैलाई बोलाइएको छ।

राउत र सिन्धुको वैवाहिक जीवनमा समस्या देखा परेपछि दुई छोरी र एक छोरासहितको परिवारमा तनाव बढेको छ। राउतले सिन्धुमाथि घर नबस्ने, माइत मात्र जाने, बालबच्चाको हेरचाह नगर्ने, र झगडा गरेर डिभोर्सका लागि दबाब दिँदै आएको आरोप लगाएका छन्। त्यसैगरी, सिन्धुले राउतमाथि बारम्बार हिंसा गरेको र परस्त्रीसँग संलग्न भएको गम्भीर आरोप लगाएकी छिन्।

अध्यक्ष राउतले श्रीमती विरुद्ध डिभोर्सको लागि भदौ १२ गते ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट