रास्वपाले चीन भ्रमणमा रहेका नेतालाई फिर्ता बोलायो
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चिनमा रहेका आफ्ना नेताहरूलाई फिर्ता बोलाएको छ। पार्टी सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गर्ने भन्ने हल्ला फैलिएपछि केन्द्रीय पार्टी कार्यालयमा भएको नेताहरूको छलफलले यो निर्णय गरेको हो।
यो पनि पढ्नुहोस
छविको बयानपछि रबिलाई पक्राउ गरिँदै
पार्टीका नेताहरूको बीचमा भएको छलफलमा हालको राजनीतिक परिस्थितिलाई ध्यानमा राखेर चिन भ्रमणमा रहेका सदस्यहरूलाई स्वदेश फर्किनको लागि भनिएको छ। यो कदम पार्टीको आन्तरिक सुरक्षा र नेतृत्वको स्थायित्वलाई सुनिश्चित गर्नको लागि गरिएको बताइएको छ।
रास्वपा पार्टीका नेताहरूले रवि लामिछानेको सुरक्षा र पार्टीको भविष्यको बारेमा गम्भीर चर्चा गर्दै चीन भ्रमणमा गएका नेताहरूलाई फिर्ता बोलाउन ठहर गरेका हुन्। यसले पार्टीको एकता र स्थिरता कायम राख्नमा मद्दत गर्ने विश्वास व्यक्त गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस