Techie IT
२०८२ कार्तिक ४, मंगलबार

शिक्षासहित दुईवटा समितिको बैठक आयोजना हुँदै

संघीय संसद अन्तर्गत आज दुई समितिको बैठक हुँदैछ। आज महिला तथा सामाजिक मामिला समितिका साथै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आयोजना हुने भएको हो।


संघीय संसद अन्तर्गत आज दुई समितिको बैठक हुँदैछ। आज महिला तथा सामाजिक मामिला समितिका साथै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आयोजना हुने भएको हो।

महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान १० बजे सिंहदरबारमा हुनेछ। बैठकमा राज्यको मूल प्रवाहमा समावेश हुन नसकेका समुदाय र जातजातिको जनसंख्याबारे छलफल गरिनेछ।

त्यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ। यस बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि सैद्धान्तिक छलफल गर्ने तयारी गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट