Techie IT
२०८२ असार ५, बिहीबार

कार्यकर्तालाई रविको चेतावनी: सरकारले जे पनि गर्न सक्छ, सचेत रहनुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानले सरकारले अधिनायकवादी चरित्र देखाएको बताएका छन्।


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानले सरकारले अधिनायकवादी चरित्र देखाएको बताएका छन्।

आइतबार राति पार्टीको केन्द्रीय कार्यालयमा भेला भएका कार्यकर्तालाई सम्बोधन गर्दै रविले सरकारले जे पनि गर्न सक्छ भन्दै देशभरका कार्यकर्ता र समर्थकहरूलाई सचेत रहन आह्वान गरेका छन्।

उनले भने, "ढुक्क भएर बस्ने अवस्था छैन। मलाई यो सरकारले विश्वास छैन। साथीहरू, तयार भएर बस्नुहोस्। यसलाई नजिकबाट हेर्नुहोस्। म कुनै व्यक्तिगत लाभको पक्षमा छैन। मलाई विश्वास छैन कि सरकारले जे पनि गर्न सक्छ। यो सरकार विरोधीहरूलाई धरपकड गर्नका लागि बनेको छ। यदि नयाँ शक्तिलाई एकै ठाउँमा ल्याउनका लागि कसैले त्याग गर्नुपर्छ भने, म सबैभन्दा ठूलो त्याग गर्न तयार छु। म रास्वपाका शुभचिन्तक नेपाली दाजुभाइलाई सचेत रहनका लागि अनुरोध गर्दछु।"

रविले सरकारको ध्यान सहकारी पीडितहरूको बचत रकम फिर्ता गर्नेमा नभएर रवि लामिछानेलाई जेल हाल्नेमा केन्द्रित रहेको बताए।

उनले थपे, "सरकारको ध्यान बचत रकम फिर्ता गराउनेमा छैन, यिनको ध्यान रवि लामिछानेलाई जेल पठाउनेमा छ, रास्वपालाई समाप्त गर्नेमा छ। हामी यो हुन दिँदैनौं।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट