Techie IT
२०८२ असोज १, बुधबार

प्रचण्ड राजतन्त्र प्रति नरम पाए ‍‍‍- रबिन्द्र मिश्र


राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग विशेष भेटघाट गरेका छन्। आज बिहान प्रचण्डको निवासमा भएको यस भेटमा मिश्रले देशको जटिल राजनीतिक र सामाजिक अवस्थाबारे गम्भीर छलफल गरेका छन्।

मिश्रले प्रचण्डलाई देश अहिले 'विस्फोटनको अवस्थामा' रहेको जानकारी गराउँदै, यसलाई रोक्नका लागि राजतन्त्रको पुनर्स्थापनाको आवश्यकता रहेको धारणा राखेका छन्। मिश्रले भेटपछि सामाजिक सञ्जालमा लेख्दै प्रचण्डले पनि अब यो स्थितिमा देश चल्न नसक्ने निष्कर्षमा आफू पनि पुगेको बताएका छन्।


मिश्रका अनुसार प्रचण्डले देशको वर्तमान अवस्थामा अब निरन्तरताको कुनै सम्भावना नरहेको र ‘निरन्तरतामा क्रमभंगता’ अत्यावश्यक भइसकेको बताएका छन्। यो विचार प्रचण्डको बदलिंदो राजनीतिक दृष्टिकोणको संकेत भएको मिश्रले दाबी गरेका छन्।
भेटघाटका क्रममा प्रचण्डले पञ्चायतकालमा नेपालले धेरै राम्रो काम गरेको महसुस भएको र राजा महेन्द्रलाई 'भिजनरी' राजा भनेका छन्। प्रधानमन्त्री हुँदा देशका उद्योगधन्दाहरूको अध्ययन गर्दा प्रचण्डलाई पञ्चायतकालको केही सकारात्मक पक्ष पनि थाहा भएको कुरा मिश्रले उल्लेख गरेका छन्।

भेटमा प्रचण्डले युद्धकालिन अवस्थामा पनि आफु राजा सँग सकारात्मक रहेको तर पार्टीका अन्य साथिहरु भने राजतन्त्रको विरोधी भएको पनि बताएका छन् । 


मिश्रको आश्य प्रचण्ड राजतन्त्र प्रति नरम देखिएको बुझिन्छ । तथापि दशौं हजारको बलिदान भएको दश वर्षे सशस्त्र युद्ध बाट आएको पार्टीका अध्यक्षले नै राजतन्त्र प्रति नरम वा सकारात्मक हुनु आश्चर्यको विषय भएको माओवादी केन्द्रका कार्यकर्ताहरु भनिरहेका छन् । प्रचण्डले व्यक्तिगत धारणा राखेता पनि आम पार्टी र कार्यकर्ता भने निरङ्कुशतन्त्रको पक्षमा नरहेको बताइन्छ । 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट