Techie IT
२०८२ असार ४, बुधबार

हेलेन आँधीको जोखिममा फ्लोरिडा

अमेरिकाको फ्लोरिडा राज्य अहिले हेलेन नामको आँधीको जोखिममा परेको छ। चार क्याटोगोरीको यो आँधी उत्तरी फ्लोरिडातर्फ बढिरहेको छ।


अमेरिकाको फ्लोरिडा राज्य अहिले हेलेन नामको आँधीको जोखिममा परेको छ। चार क्याटोगोरीको यो आँधी उत्तरी फ्लोरिडातर्फ बढिरहेको छ।

मेक्सिको खाडीबाट उत्पन्न भएको यो शक्तिशाली आँधीले फ्लोरिडा, वासिङ्टन डिसी र इन्डियानामा समेत प्रभाव पार्न सक्छ।

फ्लोरिडामा यो आँधी जमिनबाट २० फिट माथिसम्म उठ्न सक्नेछ। हेलेनले विद्यालय र पसलहरू बन्द गराइसकेको छ, र यसले ऊर्जा संकट पनि ल्याउन सक्छ। पावर लाइनहरू बन्द हुने सम्भावना पनि रहेको छ।

जर्जियामा हेलेनको उपस्थिति देखिएमा, सबैलाई ढोका मजबुत रूपमा बन्द गरेर बस्न भनिएको छ। फ्लोरिडामा प्रशासनले पनि सर्वसाधारणलाई घरमा सुरक्षित रहन आग्रह गरिसकेको छ।

बिहीबार धेरै पसल र औद्योगिक क्षेत्रहरू बिजुली बिना नै सञ्चालन भइरहेका थिए, र ग्राहकहरूले सामान किनमेल गरेका थिए। केही क्षेत्रमा ठूलो वर्षाको जोखिमसमेत जनाइएको छ। फ्लोरिडामा हाल दुई लाख ९१ हजार ५३३ जना बिजुली बिना अँध्यारोमा रहेका छन्।

विज्ञहरूले सो आँधीको गति १८० किलोमिटर प्रतिघण्टसम्म पुग्न सक्ने चेतावनी दिएका छन्। मौसम विभागले पनि धेरै स्थानमा यसको प्रभाव पर्न सक्ने कुरा उल्लेख गरिसकेको छ। फ्लोरिडाबाट टिनेजमा जाने बाटोमा समस्या आउन सक्ने सम्भावना छ। हेलेन आइपुग्नुअगावै फ्लोरिडामा वर्षाले जनजीवनमा कठिनाइ सिर्जना गरिसकेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट