Techie IT
२०८३ असार ४, बिहीबार

टी–२० सिरिज: आज नेपाल ओमानसँग प्रतिस्पर्धा गर्दै

त्रिदेशीय टी–२० सिरिज अन्तर्गत आज नेपाल ओमानसँग खेल्दैछ।


त्रिदेशीय टी–२० सिरिज अन्तर्गत आज नेपाल ओमानसँग खेल्दैछ। खेल क्यानडाको ओन्टारियोस्थित किंग सिटी स्टेडियममा नेपाली समयअनुसार राति पौने १० बजे सुरु हुनेछ।

नेपालले सिरिजको पहिलो खेलमा क्यानडासँग पराजित भएको थियो, दोस्रो खेलमा ओमानलाई हराएको थियो, र तेस्रो खेलमा फेरि क्यानडासँग पराजित भएको थियो। यो नेपालको सिरिजमा अन्तिम खेल हो।

नेपाल र ओमानबीच अहिलेसम्म सात टी–२० खेल भएको छ, जसमा नेपालले ४ र ओमानले ३ खेल जितेको छ।

 

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट