Techie IT
२०८३ वैशाख २१, सोमबार

कुनै पनि देशमाथि हस्तक्षेप चाहन्नौं : नारायणकाजी श्रेष्ठ

नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफूहरूले कुनै पनि देशमाथि हस्तक्षेप नचाहने बताएका छन्।


नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफूहरूले कुनै पनि देशमाथि हस्तक्षेप नचाहने बताएका छन्।

शनिबार काठमाडौंमा नेपाल–भेनेभुएला मैत्री सङ्घको उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै उनले कुनै पनि देशले अरू देशको सार्वभौम सत्तामाथि हमला गर्नु नहुने कुरामा जोड दिएका छन्।

श्रेष्ठले भारत र चीनसँग समान सम्बन्ध राख्नुपर्ने र विश्वका अन्य देशसँग पनि त्यही आधारमा सम्बन्ध कायम गर्न आवश्यक रहेको उल्लेख गरे। उनले देशको स्वाधीनतामा अडान दिनुपर्ने र त्यसलाई अन्यथा नलिनुपर्ने बताएका छन्।

उनले भूराजनीतिक संवेदनशीलता र चूनौतिहरूलाई ध्यानमा राख्दै स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्ने, पञ्चशिलको मान्यता र संयुक्त राष्ट्रसंघको चार्टरलाई आधार बनाउँदै अघि बढ्नुपर्ने आवश्यकता औँल्याए।

अन्य सहभागीहरूले पनि नेपाल र भेनेजुएलाबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने कुरामा जोड दिएका थिए।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट