Techie IT
२०८२ भाद्र २९, आइतबार

प्रधानमन्त्री ओली आज खडेरीपीडित मधेश प्रदेश जाँदै


खडेरीको गम्भीर मारमा परेको मधेश प्रदेशको वस्तुस्थिति अवलोकन गर्न प्रधानमन्त्री केपी शर्मा ओली आज महोत्तरी र बारा जिल्लाको भ्रमणमा जाँदैछन्।

प्रधानमन्त्री ओलीले आज बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत आफू मधेश प्रदेश जाँदै गरेको जानकारी दिएका छन्। उनले लेखेका छन्, “आज महोत्तरी र बारा जाँदै छु। तराई–मधेशमा लागेको सुख्खाले साउनको पहिलो सातासम्म पनि धान रोपाइँ हुन सकेको छैन। त्यहाँको वस्तुस्थिति हेर्ने र स्थानीय किसानहरूसँग कुरा गर्ने योजना छ।”

उनले हिजो भने निरन्तरको कार्यव्यस्तताका कारण कुनै बाह्य कार्यक्रममा सहभागी हुन नसकेको उल्लेख गरेका छन् । “दिनरातको लगातार कामको चापले थकित थिएँ,” भन्दै उनले हिजो विश्राम लिएको जनाएका छन्।

तराई–मधेश क्षेत्रमा पछिल्ला हप्तादेखि मनसुन कमजोर हुँदा वर्षा नहुनाले खेतीप्रति निर्भर किसानहरू गम्भीर समस्यामा परेका छन्। इनार, ट्युबेल सुकेका छन्, खेत सुक्खा हुँदा रोपाइँ गर्न नसकिएको र रोपिएको धानसमेत चिरा परेका खेतमा सुक्न थालेको स्थानीय किसानहरूको गुनासो छ।

यही पृष्ठभूमिमा गत साउन ७ गते बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले मधेश प्रदेशका आठ जिल्लालाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो।

प्रधानमन्त्रीको आजको भ्रमणले खडेरीको मार खेपिरहेका किसानको अवस्था बुझ्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। उनी महोत्तरी र बाराका विभिन्न कार्यक्रमहरूमा सहभागी हुने कार्यसूची रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट