Techie IT
२०८२ भाद्र २९, आइतबार

बागमती कांग्रेसको बैठक आज, लामा विरुद्ध निर्णय हुने


नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठक आज बिहान १० बजे बस्दैछ । आफ्नै पार्टीका मुख्यमन्त्री बहादुर लामा विरुद्ध दर्ता भएको अविश्वास प्रस्तावबारे निर्णय गर्न दलले बैठक बोलाएको हो।

प्रदेश राजधानी हेटौंडामा बस्ने बैठकमा मुख्यमन्त्री लामा विरुद्ध दर्ता गरिएको प्रस्तावको समीक्षा तथा दलको भावी रणनीति तय गरिने बताइएको छ।

स्रोतका अनुसार संसदीय दलको नेता चयनका विषयमा सहमति जुटाउन पार्टी नेतृत्वको प्रयास असफल भएपछि औपचारिक निर्णयका लागि आजको बैठक आह्वान गरिएको हो। हिजो दिनभर र राति अबेरसम्म सांसदहरूबीच अनौपचारिक छलफल भए पनि सहमति जुट्न नसकेको हो।

बागमती प्रदेशसभामा नेपाली कांग्रेसका ३७ जना सांसद छन्। जसमध्ये २३ जनाले मुख्यमन्त्री लामा विरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका छन्। यसले पार्टीभित्र गहिरो मतभेद र नेतृत्व संकट देखिएको विश्लेषण गरिएको छ।

संसदीय दलको आजको बैठकले पार्टीको भावी नेतृत्व, सरकारमा सहभागिता र गठबन्धन रणनीतिबारे स्पष्ट संकेत दिने अपेक्षा गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट