रास्वपाको सचिवालय बैठक आज, यी प्रस्तावमा छलफल हुने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज दिउँसो ३ बजे सचिवालय बैठक बोलाएको छ । बैठक पार्टीको केन्द्रीय कार्यालय, बनस्थलीमा बस्नेछ।
पार्टी प्रवक्ता मनीष झाले दिएको जानकारी अनुसार बैठकमा समसामयिक राजनीतिक विषय र पार्टीगत गतिविधिबारे विस्तृत छलफल हुनेछ ।
बैठकको एजेन्डामा रहेका मुख्य विषयहरू:
- रुपन्देहीमा बसेको संसदीय दलको बैठकको अद्यावधिक जानकारी
- रुपन्देही–३ उपनिर्वाचन तयारी,
- दल दर्तासम्बन्धी प्रक्रिया,
- सुदूरपश्चिम प्रदेशको समस्या समाधान,
- पार्टी विधानको व्याख्या,
- अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजना हुने Future Leaders Summit को तयारी र
- भिजिट भिसा प्रकरण छानबिन समितिको म्याद थप लगायतका एजेन्डा रहेका छन् ।
प्रवक्ता झाले विभिन्न बहसयोग्य विषयहरूबारे छलफल गरी आवश्यक निर्णय लिने तयारी रहेको बताएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस