वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेकपा (एकीकृत समाजवादी) का महासचिव भुसालबीच भेटवार्ता

नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालबीच हात्तीवनस्थित निवासमा करिब एक घण्टा चलेको भेटवार्ता सम्पन्न भएको छ।
भेटवार्तामा नेपालको वर्तमान राजनीतिक अवस्था, कम्युनिष्ट क्रान्तिकारी शक्तिहरूको जिम्मेवारी र कम्युनिष्ट आन्दोलनको रुपान्तरण तथा पुनर्गठनबारे गम्भीर छलफल भएको स्रोतहरूले जनाएका छन्। साथै ओली नेतृत्वको सरकारका निरङ्कुशता र भ्रष्टाचारसम्बन्धी विषयहरूमा पनि विचार–विमर्श भएको थियो।
दुवै नेताले नेकपा (माओवादी केन्द्र) ले हालै पारित गरेको पार्टी एकताको प्रस्ताव र यसको औचित्य तथा सम्भावनाका विषयमा पनि विस्तृत कुराकानी गरेका छन्।
यसअघि श्रावण २१ गते वरिष्ठ उपाध्यक्ष श्रेष्ठ र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’बीच पनि राजनीतिक भेटवार्ता भएको थियो। त्यहाँ पनि समसामयिक राजनीतिक परिस्थिति, कम्युनिष्ट आन्दोलनको दिशा र पार्टी एकताबारे छलफल भएको बताइएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस