Techie IT
२०८२ भाद्र ८, आइतबार

राजसंस्था र हिन्दुराष्ट्रलाई विदेशी दबाबमा एम्बुसमा पारियो - राप्रपा अध्यक्ष थापा


राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालको पहिचानको मुख्य अंश रहेको राजसंस्था र हिन्दुराष्ट्रलाई विदेशी शक्तिको इसारामा एम्बुसमा पारिएको बताएका छन्। नेपाली जनताको अभिमत बिना जबर्जस्ती थोपरेको विदेशी एजेन्डाले मुलुकको हित हुन नसक्ने उनको दाबी छ।

थापाले संघीयतालाई पनि नेपाली जनताले बुझ्न नसकेको भन्दै, संघीयताको नाममा मुलुकले सेतो हात्ती पाल्न नहुने स्पष्ट पारे।

२०६२/०६३ को परिवर्तनको समयमा आफूले नजिकबाट विदेशी दबाब र प्रभाव देखेको र भोगेको बताउँदै थापाले अहिलेको राजनीतिमा सिद्धान्तहीनता, भ्रष्टाचार र ठगी फैलिएको टिप्पणी गरे।

उनले मुलुकलाई स्वाधीन र समृद्ध बनाउन राप्रपा नेपालले अघि सारेको विचारधारा मार्फत मात्र सम्भव हुनेमा जोड दिए। थापाले अब मुलुकलाई बचाउन र विकास गर्न सम्बर्द्धनवादको बाटो बाहेक कुनै विकल्प नभएको उल्लेख गर्दै, राप्रपा नेपाललाई राष्ट्रवादी प्रजातान्त्रिक वैकल्पिक शक्ति बनाउने अभियानमा आफू उच्च मनोबलका साथ सक्रिय रहेको बताए।

आज आयोजित पार्टी प्रवेश कार्यक्रममा डा. बालकृष्ण दाहाल, डा. सुदर्शन सुबेदी, अर्थविद प्रकाश थापा, कृषि विज्ञ अश्विन आचार्य, विष्णु तिवारी लगायतका विभिन्न महत्वपूर्ण व्यक्तित्वहरूलाई अध्यक्ष थापाले पार्टीमा स्वागत गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट