Techie IT
२०८३ जेष्ठ ९, शनिबार

खनाल–श्रेष्ठ भेट: कम्युनिष्ट एकता र ओली सरकारविरुद्ध कडाहुने योजना


नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल र माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठबीच आइतबार भेटवार्ता भएको छ।

खनाल निवास डल्लुमा सम्पन्न भेटमा समसामयिक राजनीतिक विषयमा विस्तृत कुराकानी भएको खनालको सचिवालयले जानकारी दिएको छ।

हालै माओवादी केन्द्रको स्थायी कमिटी बैठकले पार्टी एकताको पहल गर्ने निर्णय गरेको पृष्ठभूमिमा श्रेष्ठ खनालको डल्लुस्थित निवासमा पुगेका हुन्। भेटमा पार्टी एकताको प्रस्ताव, यसको औचित्य र सम्भावनाबारे गम्भीर छलफल भएको बताइएको छ।

करिब एक घण्टा लामो भेटमा देशको राजनीतिक परिस्थिति, कम्युनिष्ट क्रान्तिकारी शक्तिहरूको कार्यभार, विभिन्न राजनीतिक दलहरूको वर्तमान भूमिका तथा कम्युनिष्ट आन्दोलनको रूपान्तरण र पुनर्गठनका विषयमा पनि विचारविमर्श भएको थियो।

दुवै नेताले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले निरङ्कुशता र भ्रष्टाचारतर्फ उन्मुख भइरहेको भन्दै आलोचना गरेका छन्। माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एकता सम्बन्धी छलफल चलिरहेका बेला श्रेष्ठको यो भेटलाई राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट