Techie IT
२०८३ असोज २१, बुधबार

एकीकृत समाजवादीको स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय कमिटी बैठकको मिति परिवर्तन


नेकपा एकीकृत समाजवादीले स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय कमिटी बैठकको मिति परिवर्तन गरेको छ।

पार्टीका महासचिव घनश्याम भुसालले सूचना जारी गर्दै उक्त बैठकहरूको नयाँ मिति सार्वजनिक गरेका छन्।

नवीन कार्यक्रम अनुसार स्थायी कमिटीको बैठक आगामी भदौ २५ गते र पोलिटब्युरोको बैठक भदौ २६ गते पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्नेछ। चाँडपर्व तथा विभिन्न कार्यक्रमका कारण मिति परिवर्तन गरिएको जनाइएको छ।

त्यस्तै, केन्द्रीय कमिटीको बैठक भदौ २७ र २८ गते बस्नेछ भने यसको स्थान पछि तोकिनेछ। सबै बैठकहरू बिहान ११ बजे सुरु हुने महासचिव भुसालले जानकारी दिएका छन्।

यसअघि स्थायी कमिटी र पोलिटब्युरोको बैठक क्रमशः भदौ ४ र ५ गते तथा केन्द्रीय कमिटीको बैठक भदौ ७ र ८ गते हुने तय गरिएको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट