Techie IT
२०८२ भाद्र १, आइतबार

समाजवादी–माओवादी एकता हल्ला मात्रै भएको अर्यालको दाबी


नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य तथा केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले माओवादी केन्द्रसँग पार्टी एकता हुने भन्ने चर्चा आधारहीन भएको बताएका छन्।

उनका अनुसार एकता हुँदैछ भन्ने हल्लामा पार्टीका कार्यकर्ताले नपर्नुपर्ने स्पष्ट छ। उनले शुक्रबार बसेको सचिवालय बैठकले वाम दलहरूसँग सहकार्य गर्ने र समाजवादी मोर्चालाई थप सशक्त बनाउने निर्णय मात्र गरेको बताए।

‘हिजो बसेको सचिवालय बैठकले विभिन्न वाम पार्टीहरूसँग सहकार्य गर्ने र समाजवादी मोर्चालाई मजबुत बनाउने निर्णय गरेको छ,’ उनले सामाजिक सञ्जालमार्फत लेखेका छन्, ‘त्यसबाहेक संगठन निर्माण र आन्दोलनका विषयमा अन्य महत्त्वपूर्ण निर्णय गरिएको छ।’

अर्यालले थप भने, ‘यतिखेर अरू वाम पार्टीहरूसँग पार्टी एकता गर्ने सम्बन्धमा पार्टी सचिवालयले कुनै निर्णय, योजना वा मनसाय प्रकट गरेको छैन। त्यसैले माओवादी एकता हल्लामा नपर्न सम्पूर्ण कमरेडहरूलाई अनुरोध गर्दछु।’



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट