Techie IT
२०८२ भाद्र ५, बिहीबार

विद्यालय शिक्षा विधेयकमाथि छलफल गर्न बोलाइएको समितिको बैठक सुरु हुन सकेन


संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बिहान ८ बजेका लागि बोलाइएको भए पनि सुरु हुन सकेको छैन । बैठकमा शिक्षामन्त्री रघुजी पन्त, समितिका सभापति अम्मर बहादुर थापा तथा पदाधिकारीहरू उपस्थित भए पनि बैठक सुरु हुन ढिलाइ भएको हो ।

बैठकमा विद्यालय शिक्षा सम्बन्धी विधेयक–२०८० माथि छलफल गर्ने कार्यसूची तय गरिएको छ । तर, विधेयकका प्रावधानलाई लिएर निजी विद्यालय सञ्चालक संस्था नेशनल प्याब्सन र प्याब्सनले असहमति जनाउँदै ५ बुँदे मागसहित आन्दोलन गरिरहेका छन् ।

यता, शिक्षक महासंघले पनि विधेयकमा समावेश गर्न लागिएका केही प्रावधानप्रति आपत्ति जनाउँदै आन्दोलनको चेतावनी दिइसकेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट