Techie IT
२०८३ जेष्ठ ८, शुक्रबार

माओवादीको ‘जनजागरण अभियान’ भदौ २१ देखि पुनः सञ्चालन, प्रचण्ड नेतृत्वमा टोली खटिने


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले ‘जनतासँग माओवादी: मध्यपहाडी पुष्पलाल लोकमार्ग–जनजागरण अभियान’ अन्तर्गत बाँकी रहेका जिल्लामा कार्यक्रम भदौ २१ गतेदेखि पुनः सञ्चालन गर्ने भएको छ।

अभियानको नेतृत्व स्वयं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नेछन् । टोलीमा वरिष्ठ उपाध्यक्ष, अन्य उपाध्यक्षहरू र महासचिव समेत सहभागी हुने माओवादी केन्द्रले जनाएको छ।

गत साउन १६ देखि १९ गतेसम्म बसेको स्थायी समिति बैठकले अभियानलाई बाँकी जिल्लामा निरन्तरता दिने निर्णय गरेको थियो। सोही निर्णयअनुसार केन्द्रीय कार्यालयले बुधबार कार्यतालिका सार्वजनिक गरेको हो।

कार्यतालिका

भदौ २१ गते : लमजुङ खण्डमा कार्यक्रम, बेलुका लमजुङमै बास

भदौ २२ गते : दिनभर लमजुङ, बेलुका गोरखा बास

भदौ २३ गते : गोरखा खण्डमा कार्यक्रम, त्यसपछि धादिङ

भदौ २४ गते : धादिङ खण्डमा कार्यक्रम, बेलुका नुवाकोट बास

भदौ २५ गते : नुवाकोट खण्डमा कार्यक्रम, बेलुका काठमाडौं फर्किने

पार्टीका अनुसार प्रत्येक जिल्लामा एक/एक सार्वजनिक संवाद र एक/एक आन्तरिक संगठनात्मक तथा प्रशिक्षणमूलक कार्यक्रम आयोजना गरिनेछ ।

सार्वजनिक कार्यक्रममा मौसमको सम्भावित प्रभावलाई ध्यानमा राख्दै ठूलो हलको व्यवस्था गर्न र सर्वपक्षीय प्रतिनिधिमूलक सहभागिता सुनिश्चित गर्न निर्देशन दिइएको माओवादी नेताले बताएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट