Techie IT
२०८३ मंसिर ९, मंगलबार

हास्यव्यङ्ग्य कार्यक्रममा जान मन पराउँदिनँ - महामन्त्री थापा


नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफूले हाल हास्यव्यङ्ग्य कार्यक्रममा सहभागी हुन छोडेको बताएका छन्।

शुक्रबार काठमाडौँमा कवि बिसुकुमार केसी द्वारा लिखित कविता सङ्ग्रह “पागल हुन कहाँ सजिलो छ र?” को विमोचन कार्यक्रममा बोल्दै महामन्त्री थापाले भने, व्यङ्ग्य चेत मर्यादित र सम्बन्धित पक्षले मनन गर्न सक्ने खालको हुनुपर्छ । उनले स्रष्टाहरुलाई अनुरोध गर्दै भने “साहित्यले कुनै विषय वा व्यक्तिलाई कटाक्ष गर्दा त्यसलाई मनन गर्ने खालको व्यङ्ग्य चेत हुनु आवश्यक छ”।

थापाले कवितामा गरिएको व्यङ्ग्य सम्बन्धित पक्षले मनन गरे मात्र त्यसको अर्थ हुने पनि स्पष्ट पारेका थिए । उनले भने “चोटिला प्रश्नहरू गर्दा पनि मर्यादाभित्रै हुनु पर्छ। यो कविको बेजोड शैली हो, प्रश्नहरू धारिलो र चोटिलो छन्। तर यदि प्रश्न गरिएको व्यक्तिले सुरुमै त्यसको प्रभाव महसुस गर्न सकेन भने अर्थै भएन । आजभोलि म हास्यव्यङ्ग्य कार्यक्रममा जानै मन पराउँदिनँ । पहिले हामी गाईजात्रा जस्ता कार्यक्रममा सहभागी हुन्थ्यौँ । त्यहाँ व्यङ्ग्य चेतका साथ प्रश्न सोधिन्थ्यो । तर यदि अगाडि बसेको मान्छेलाई प्रश्नले असहज बनायो भने यसको अर्थ हराउँछ । त्यसैले प्रश्न उचित ढंगले प्रस्तुत गर्नुपर्छ ।”

महामन्त्री थापाले साहित्य र व्यङ्ग्यले समाजका विभिन्न क्षेत्रमाथि मर्यादित ढंगले गरिएको प्रहारले सुधारमा महत्वपूर्ण योगदान पुर्‍याउन सक्ने पनि बताए।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट