Techie IT
२०८२ भाद्र १५, आइतबार

महिला सम्पूर्ण समाजको प्रगतिको आधार हुन् - पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी


पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले महिला सम्पूर्ण समाजको प्रगतिको आधार भएको बताएका छन् ।

वीरगन्ज उद्योग वाणिज्य सङ्घले शनिबार वीरगन्जमा आयोजना गरेको बृहत् महिला सम्मेलनमा सम्बोधन गर्दै उनले परिवार निर्माणदेखि उद्योग–व्यवसाय, शिक्षा, स्वास्थ्य र सामाजिक रूपान्तरणसम्म महिलाको योगदान अग्रपङ्क्तिमा रहेको उल्लेख गरेकी थिइन् । तर, समाजमा महिलाको योगदानलाई अझै अपेक्षित सम्मान प्राप्त नभएको उनले टिप्पणी गरिन् ।

“हामीले देखाउनुपर्छ कि महिला समाजमा पूर्ण सक्षम हुन्छन्, अझ आत्मविश्वासी बन्नुपर्छ,” भण्डारीले भनिन्, “महिलाको शक्ति र त्यागलाई संस्थागत रूपमा सम्मान गर्न सके समृद्ध नेपालको सपना पुरा हुन्छ ।”

भण्डारीले मधेसका जनतामाथि अहिले चुरे क्षेत्रको दोहनका कारण गम्भीर असर परिरहेको बताइन् । उनका अनुसार, दोहनका कारण तराई क्षेत्रमा मरुभूमीकरण, बाढी–डुबान र भूमिगत पानीको स्तर घट्ने समस्या चर्किँदै गएको छ । यी समस्याले समाजका सबै पक्षलाई असर पारिरहेको बताउँदै उनले अब सरकारले कडाइका साथ नियमन गर्नुपर्नेमा जोड दिइन् ।

कार्यक्रमका क्रममा मधेसमा उत्कृष्ट योगदान पु¥याएका महिलाहरूलाई सम्मानसमेत गरिएको थियो ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट