Techie IT
२०८३ जेष्ठ ८, शुक्रबार

पूर्वराष्ट्रपति भण्डारी दलीय राजनीतिमा फर्कन मिल्दैन : एमाले महासचिव पोखरेल


File Photo

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी दलीय राजनीतिमा फर्कन नसक्ने दाबी गरेका छन्।

शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संवैधानिक संसदीय व्यवस्थामा पूर्व राष्ट्रपतिहरूले दलीय राजनीतिको भूमिकामा जान नमिल्ने बताए।

पोखरेलका अनुसार, राष्ट्रपति बनेपछि भण्डारीले आफैं पार्टी सदस्यता त्यागेकाले त्यसको नवीकरण गर्ने प्रसंग उठ्नै सक्दैन।
“४०/५० वर्षदेखि कायम रहेको सदस्यता पार्टीले खोसेको होइन, उहाँ आफैंले राष्ट्रपति हुँदा छोड्नुभएको हो,” उनले भने, “त्यो भूमिका स्वीकार गरेपछि पार्टी सदस्यताको प्रसंग अन्त्य भएको हो। हाम्रो विधानअनुसार सदस्यता अन्त्य भएपछि नवीकरण हुँदैन।”

उनले अमेरिका, रुस वा श्रीलंकाजस्ता मुलुकको दृष्टान्त नेपालमा लागू नहुने स्पष्ट पारे। “हामी संवैधानिक संसदीय प्रणालीमा प्रवेश गरेका छौं, त्यसैले हाम्रो लोकतन्त्र फरक छ,” पोखरेलले भने।

महासचिव पोखरेलले एमालेले पहिले नै राष्ट्रपति र उपराष्ट्रपति पदमा बसेकाहरू पार्टी राजनीतिमा फर्कन नहुने निर्णय गरिसकेको स्मरण गराउँदै भण्डारीको सदस्यता नवीकरणको विषय उठाउनुपर्ने आवश्यकता नै नभएको बताए।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट