Techie IT
२०८३ जेष्ठ ८, शुक्रबार

मनाङ प्रदेशसभा–२ उपनिर्वाचनका लागि दल दर्ता आह्वान


निर्वाचन आयोगले गण्डकी प्रदेशको मनाङ जिल्लास्थित प्रतिनिधि सभा क्षेत्र नं. १ अन्तर्गत प्रदेश सभा क्षेत्र नं. २ को रिक्त स्थानमा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ।

आयोगका अनुसार आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूले आयोगमा दर्ता कायम भएको आधारमा निवेदन दिनुपर्नेछ।

नेपाल संविधानको धारा २७१ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम दल दर्ता प्रक्रियामा सहभागी हुन सकिने आयोगले जनाएको छ। यसका लागि राजनीतिक दलहरूले भदौ १९ गतेदेखि २५ गतेसम्म कार्यालय समयभित्र निवेदन दिनुपर्नेछ।

निवेदन राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा तयार गर्नुपर्ने आयोगले मंगलबार जारी गरेको सूचनामा उल्लेख छ।

उक्त प्रदेशसभा सिटमा निर्वाचित दीपक मनाङे ज्यान मुद्दामा दोषी ठहर भएपछि रिक्त भएको हो। त्यसको पूर्तिका लागि आयोगले उपनिर्वाचनको तयारी थालेको हो।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट