Techie IT
२०८२ भाद्र १९, बिहीबार

एमाले सचिवालय बैठक आज, के छन् प्रमुख एजेन्डाहरु?


नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज अपराह्न ३ बजे पार्टी कार्यालय च्यासलमा बस्ने भएको छ। प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव र साङ्गठनिक प्रतिवेदनमाथि छलफल हुनेछ।

तीनै प्रतिवेदन छलफल र पारित गरेपछि एमालेको दोस्रो विधान महाधिवेशनमा प्रस्तुत गरिनेछ। महाधिवेशनमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदन पेस गर्नेछन्।

एमालेको दोस्रो विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भदौ २० देखि २२ गतेसम्म हुने तय भएको छ। महाधिवेशनमा दुई हजार ३३ जना प्रतिनिधि र ३१७ जना अन्यसहित दुई हजार ३५० जना सहभागी हुनेछन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट