Techie IT
२०८२ भाद्र २२, आइतबार

राजनीतिक प्रतिवेदनमा ओलीले गरेको वर्ग विश्लेषण


प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले दोस्रो विधान महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदनमार्फत नेपाली समाजको वर्गीय संरचना विश्लेषण गरेका छन्।

उनका अनुसार समाज तीन तहमा विभाजित छ — निम्न, मध्यम र उच्च वर्ग।

उच्च वर्ग : वार्षिक पाँच लाखभन्दा बढी आय हुने, तीन हेक्टरभन्दा बढी जमिन वा सहरी जग्गा स्वामित्व हुने, बैंक–बीमा–उद्योगमा ठूला लगानी गर्ने र राज्यसत्ता तथा स्रोतमा प्रभुत्व राख्नेहरू।

मध्यम वर्ग : डेढ लाखदेखि पाँच लाखसम्म वार्षिक आय हुने, एकदेखि तीन हेक्टर जमिन स्वामित्व गर्ने, आधारभूत सम्पत्ति, उद्यमशीलता र आधुनिक प्रविधिमा पहुँच भएका।

निम्न वर्ग : डेढ लाखभन्दा कम आय हुने, भूमिहीन वा १ हेक्टरभन्दा कम जमिन भएका, सामाजिक सुरक्षाबाट वञ्चित तथा शिक्षा–स्वास्थ्यमा सीमित पहुँच भएकाहरू।

ओलीका अनुसार वैदेशिक रोजगारी, सहरीकरण र शिक्षा विस्तारसँगै मध्यम वर्ग बढ्दै गएको छ तर यसको स्थिति अझै अस्थिर छ। उच्च वर्गले वित्तीय र राजनीतिक शक्ति नियन्त्रण गरिरहेको छ भने निम्न वर्ग भूमिहीन किसान र अनौपचारिक श्रमिकमा सीमित छ।

उनले आय र उपभोगको असमानता घट्दै गएको तर जातीय, लैंगिक र भौगोलिक अन्तर अझै गहिरिएको निष्कर्ष पनि प्रस्तुत गरेका छन्। सेवा क्षेत्रको विस्तार, स्वरोजगारी र साना–मझौला व्यवसायको वृद्धि हुँदा वर्गीय विभाजन झन् जटिल बनेको उनले बताएका छन्।

एमाले महाधिवेशनमा ओलीको राजनीतिक प्रतिवेदनसहित महासचिव शंकर पोखरेलको सांगठनिक, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रस्ताव र अन्य प्रतिवेदनमाथि समूहगत छलफल हुँदैछ। आइतबार विधान, नीति तथा नेतृत्व चयनसहित महाधिवेशन सम्पन्न हुने एमालेले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट